+
+

राकुटेन भाइबरले कोका–कोलासँगको साझेदारीमा ल्यायो कस्टम दशैं लेन्स

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १२:०२

काठमाडौं । राकुटेन भाइबरले कोका–कोलासँगको साझेदारीमा कस्टम दशैँ लेन्स फिचर सार्वजनिक गरेको छ । क्रस–प्लेटफर्म सन्देश र आवाजसहितको सञ्चारको क्षेत्रमा एक अरबभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरू रहेको राकुटेन भाइबरले कुराकानीलाई ‘शब्द मात्र’ मा सीमित नराखी कुराकानीलाई जीवन्त बनाउनमा लेन्सको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेको छ ।

चाडपर्वहरूको अवसरमा नयाँ र रोमाञ्चक फिचरहरूको श्रृंखला प्रस्तुत गर्नु भाइबरको विशिष्ट ट्रेन्ड भएको राकुटेनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कस्टम दशैँ कोकलेन्स भाइबरको यसै ट्रेन्डको निरन्तरता भएको बताइएको छ ।

राकुटेन भाइबरः नेपाली भाइबर प्रयोगकर्ताहरूलाई प्रियजनसँग चाडपर्वको खुसीयाली, उल्लास, भर्चुअल शुभकामना र अन्तरङ्ग भावनाहरू साटासाट गर्न सजिलो बनाउनका लागि कोका कोलाले कस्टम दशैँ लेन्स ल्याएको विज्ञप्तिमा उल्लेख छ ।

कोकाकोलासँगको सहकार्यमा प्रस्तुत भाइबरको कोकाकोला दशैँ लेन्स अन्य धेरै रोचक फिचरहरूमध्ये पहिलो भएको उल्लेख छ । भाइबरका राकुटेन भाइबर र कोका कोलाबीचको यो महत्वाकांक्षी सहकार्यले भाइबरका नेपाली प्रयोगकर्ताहरूका लागि आउँदा दिनहरूमा रोमाञ्चक फिचरहरू पस्कने लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

भाइबरसँगको सहकार्यका सम्बन्धमा कोका कोला नेपाल र भुटानका कन्ट्री डाइरेक्टर, आदर्श अवस्थी, भन्छन्, ‘यो दशैँमा कोका कोला र भाइबरले पृथक, मनोरञ्जक र सान्दर्भिक लेन्स प्रस्तुत गर्न हातेमालो गरेको छ । हाम्रो पेय पदार्थले जस्तै यी लेन्सले पनि पक्कै प्रयोगकर्ताहरूका कुराकानीमा उत्साह, उमंग र ताजगी ल्याउनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?