

२५ असोज, काठमाडौं । दक्षिण अमेरिका महादेशको विश्वकप छनोटअन्तर्गतको आइतबारको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
आइतबारको खेलमा अर्जेन्टिनाका लागि लिओनल मेस्सीले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा अर्जेन्टिनाका रोड्रिगो डे पाउलले अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० ले अगाडि रहेको अर्जेन्टिनाका लागि दोस्रो हाफको ६२ औं मिनेटमा लौटारो मार्टिनेजले गोल गरे ।
यससँगै विश्वकप छनोटमा अर्जेन्टिनाले आफ्नो अपराजित यात्रा कायम राखेको छ । १० खेल खेलेको अर्जेन्टिनाले ६ खेलमा जित र चार खेलमा बराबरीको नतिजा निकाल्दै २२ अंक जोड्दै दोस्रो स्थानमा छ।
दक्षिण अमेरिकामा विश्वकप छनोटको तालिकाको शीर्षस्थानमा ब्राजिल छ । उसले समान १० खेलबाट २८ अंक जोडेको छ । उरुग्वेले भने ११ खेलबाट १६ अंक जोडेको छ । उरुग्वे तालिकाको चौथो स्थानमा छ ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित