+
+

मेगा बैंकले किन्यो १ अर्ब १६ करोडको जग्गा, कर्पोरेट भवन बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १२:४३

२५ असोज, काठमाडौं । मेगा बैंकले प्रधान कार्यालय रहने गरी काठमाडौंमा जग्गा खरिद गर्ने भएको छ । बैंकले १ अर्ब १६ करोड १ लाख रुपैयाँमा काठमाडौंको वडा नम्बरमा ५ मा जग्गा किन्ने भएको हो ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त जग्गा किन्ने निर्णय गरेको हो । जग्गाको बैना समेत भइसकेको र अब चाडै बैंकको नाममा पास गर्ने तयारी गरिएको छ ।

अहिले कमलादीको राइजिङ मलमा कर्पोरेट कार्यालय भाडामा बस्दै आएको छ । नयाँ जग्गामा भवन बनाएर कर्पोरेट कार्यालय राख्ने बैंकका कम्पनी सचिव तुल्सीराम पोख्रेलले नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?