+
+
Shares

६६ पालिकाका सुकुमवासी र अव्यवस्थित बसोबासीसँग सरकारले अन्तिमपटक माग्यो निवेदन

भूमिहीन दलित भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी यही साउन ४ गतेदेखि ३५ दिनभित्र निवेदन दिनुपर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग जग्गा व्यवस्थापनका लागि अन्तिमपटक निवेदन माग गरेको छ ।
  • राष्ट्रिय भूमि आयोगले तोकिएको ढाँचामा ३५ दिनभित्र सम्बन्धित स्थानीय तहका लगत संकलकमार्फत निवेदन पेश गर्न सूचना जारी गरेको छ ।
  • यो सूचना साउन ४ गतेदेखि लागू हुने गरी ३५ दिनसम्मका लागि सार्वजनिक गरिएको छ ।

४ साउन, काठमाडौं । सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन मागेको छ ।

भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासोको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागेको हो ।

स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी यही साउन ४ गतेदेखि ३५ दिनभित्र निवेदन दिनुपर्छ ।

स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्न भनेर सूचना प्रकाशन गरिएको छ ।

कुन-कुन स्थानीय तहका लागि मागियो निवेदन ? हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?