+
+

अखिल छैठौं विभाजित, समानान्तर केन्द्रीय समिति चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १३:३६

२५ असोज,बुटवल । राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अनेरास्ववियू छैठौंमा समानान्तर केन्द्रीय समिति चयन भएको छ । नेकपा मसाल र राष्ट्रिय जनमोर्चाभित्र रहेको दुई धारको असर जनवर्गीय संगठनमा परेको हो।

संस्थापन पक्षले बुटवलमा र फरक मत पक्षले धनगढीमा छुट्टाछुट्टै २२ औं सम्मेलन गरेर नयाँ नेतृत्व चयन गरेपछि संगठन विभाजित भएको छ ।

संस्थापन निकट समूहको सम्मेलनले यसअघिका उपाध्यक्ष देबेन्द्र कुँवरलाई अध्यक्ष चयन गरेको छ भने फरक मत पक्षले महासचिव महेशराज जोशीलाई अध्यक्ष चयन गरेको छ ।

कुँवरको अध्यक्षतामा ३५ सदस्यीय र जोशीको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रिय समिति निर्वाचित भएको छ । कुंवर नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष गणेश अधिकारी र नविन पाण्डे तथा महासचिवमा सुवास जिसी रहेका छन् ।

यस्तै, सरोजमान सिंह र ईन्द्रमणि पाण्डे सचिवमा र कोषाध्यक्षमा प्रतिभा आचार्य चयन भएका छन् । यो समितिको सचिवालय सदस्यहरुमा हरि बुढा, भीमराज जोशी, हेमराज भट्ट र चोपबहादुर विक चयन भएका छन् ।

समितिको पूर्ण सदस्यहरुमा पुरन पोखरेल, देवेन्द्र पौडेल, खगेन्द्रा विष्ट, नमराज चन्द, विवेक जिसी, टंक अवस्थी, नविन केसी, सागर बेलवासे, ऋषव आचार्य, सूर्य पौडेल, विमल सापकोटा, कमल आचार्य, सूदीप पौडेल, केशव बुढाथोकी, दानु सारु र विमल पाण्डे रहेका छ्न् ।

लक्ष्मण विक, दीपेन्द्र पौडेल, जीवन नेपाली, सञ्जिला बुढा, सगर सुवेदी, कर्म जोशी, तृसना श्रृनेत र गणेश सापकोटा समितिको वैकल्पिक सदस्य रहेका छन् । निवर्तमान अध्यक्ष विमल पोखरेल र निवर्तमान सचिव गोपाल प्रसाद भट्टराई समितिको सल्लाहकार रहेका छन् ।

उता जोशी नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष मनोज शर्मा, महासचिव उमेश कंडेल,सचिव आशिष जगेबु र कोषाध्यक्ष प्रतिभा शर्मा रहेका छन् । सचिवालय सदस्यहरुमा शिव चालिसे, महेश भट्ट, हेम बिक्रम चन्द, एकेन्द्र कंडेल, सुमन भण्डारी र शमर शाही रहेका छन् ।

यस्तै सदस्यहरुमा नरेश झुकाल , कपिल जोशी, संसार कार्की, प्रेम प्रसाद भुसाल, आरती न्यौपाने, रोशनी चौधरी, मिलन लम्साल, पुष्कर भट्ट, बिराट चन्द, जनक आचार्य, महेश बिक, प्रकाश जोशी, लोकराज अवस्थी, सन बहादुर राई, निरज थापा, सरिता सुवेदी, जिबि कुवर र गणेश चन्द रहेका छन् । दुई सदस्य पछि मनोनित गर्ने उक्त समूहले जनाएको छ । सल्लाहकारमा सागर कुँवर र दिवश पौडेल रहेका छन्।

पाल्पामा राष्ट्रिय सम्मेलन गर्ने संगठनको साउन १९को केन्द्रीय समिति वैठकले एकमतले गरेको निर्णय विपरित संस्थापन पक्षले महासचिव लगायत फरक मत राख्नेहरुलाई जानकारी नै नदिई एकतर्फी रुपमा बुटवलमा सम्मेलन आयोजना गरेको, राजनीतिक र सांगठानिक दस्तावेज एकतर्फीरुपमा मस्यौदा गरेको र दक्षिणपन्थी कार्यदिशा अवलम्वन गरेकाले आफ्नो पक्षले धनगढीमा राष्ट्रिय सम्मेलन गरेको नवनिर्वाचित अध्यक्ष जोशीले बताए ।

उनले आफ्नो सम्मेलनमा ४१ जिल्लाबाट १०२ जना प्रतिनिधि सहभागी भएको दावी गरे । संस्थापन पक्षले भने करिब ६० जिल्लाबाट झण्डै २ सय प्रतिनिधि सहभागी भएको दावी गरेको छ । पार्टीको संगठन नै मुस्किलले ४५ जिल्लामा भएकाले ६० जिल्लाबाट सहभागिता भन्ने संस्थापन पक्षको दावी गलत भएको जोशीले बताए ।

पार्टीभित्र दुई धारको संघर्ष चर्किंदै गएपछि विभिन्न जिल्ला र जनवर्गीय संगठनहरुमा समानान्तर कमिटी निर्माण गर्ने क्रम निरन्तर अघि बढेको संस्थापन इतरका नेता लछीराज आचार्यले बताए । पार्टीभित्र फरक मतलाई निषेध गरिएकाले समानान्तर कमिटी गठन गर्नुपरेको बताउंदै उनले पार्टी विभाजनको दिशामा गइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?