+
+
आकर्षक लाभांशको असर :

ग्लोबल आइएमई समुन्नतमा झुम्मिए लगानीकर्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १२:५७

२५ असोज, काठमाडौं । दशैं अघिको अन्तिम कारोबार दिन सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक एक बजेसम्म दोहोरो अंकले घटेको छ । कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएके नेप्से परिसूचक १२ बजेर ५५ मिनेटसम्म ४० अंक भन्दा धेरैले घटेको छ ।

करिब २ घण्टामा शेयर कारोबार रकम पनि डेढ अर्ब रुपैयाँ पनि पुग्न सकेको छैन । नेप्सेमा कारोबार हुने सबै समहूगत सबइन्डेक्सहरु घटेका छन् । अधिकांश कम्पनीहरुको शेयर मूल्य घट्दा पनि ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ को मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

यो म्युचुअल फण्ड किन्न लगानीकर्ताहरु झुम्मिएका छन् । योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष बाट इकाईधनीलाई शतप्रतिशते बम्पर प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो । यसको अर ग्लोबल सम्मुनतको मूल्यमा सकारात्मक असर परेको हो ।

एक अर्बको आकारमा सञ्चालित फण्डले गत आवबाट १ अर्ब रुपैयाँ नै नगद लाभांश वितरण गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?