+
+
Shares

मोतीपुरमा मारिनेको परिवारलाई प्रदेश सरकारले १ लाख दिने

टोपराज शर्मा टोपराज शर्मा
२०७८ असोज २५ गते १८:२४

२५ असोज , बुटवल । रूपन्देहीको मोतीपुरमा प्रहरीसँगको झडपमा मृत्यु भएका ब्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एक/एक लाख रूपैयाँ दिने भएको छ ।

बुटवल उपमहानगरपालिका-१७ मोतीपुरको औद्यौगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी र प्रहरीबीच झडप हुँदा आइतबार ४ जनाको मृत्यु भएको थियो ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई १/१ लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिए । घाइतेहरूको उपचारमा कमी आउन नदिने पनि निर्णय भएको शर्माले बताए । घटनामा प्रहरी र सर्वसाधारण गरी ५० भन्दा बढी घाइते भएका छन् ।

दुई जनाको सनाखत

झडपमा परी मृत्यु हनेमध्ये दुईजनाको नाम खुलेको छ। रुपन्देहीको शुद्धोधन नगरपालिका- ५ का वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी बर्दघाट स्थायी घर भइ हाल तिलोत्तमा शंकरनगर बस्ने युजन कुमाल रहेको प्रहरीले जनाएको छ।

एक जनाको भने अझै परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ। झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका कपिलवस्तु वाणगंगा नगरपालिका- १० का ४८ वर्षका रमेश परियारको आइतबार नै सनाखत भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?