
२६ असोज, कैलाली । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
आज बिहान ब्रेक फेल भएर बस नालीमा पल्टिएको थियो । सडकमा उत्तानो परेको बसका कारण केहीबेर सडक अवरूद्ध भएको थियो । अहिले भने सडक खुलाइसकिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4