+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गुल्मीका शक्ति पीठमा भक्तजनको भीड

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २८ गते १३:१८

२८ असोज, गुल्मी । दशैंको नवौं दिन बिहीबार गुल्मीका विभिन्‍न मन्दिर तथा शक्तिपीठमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ। महानवमीको अवसरमा गुल्मीका विभिन्‍न देवालयमा पूजाआज तथा विभिन्‍न भेडाहरुको बलि दिएर मनाएका छन्।

यसवर्ष कोरोना निक्‍कै कम भएकाले विभिन्‍न शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । गुल्मीस्थित धार्मिक तथा ऐतिहासिका मन्दिरहरु मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै,चारपाला दरवार, उजुङ्गकोट, जोगिथुम मन्दिर, चोयगा, शान्तिपुर, अर्जुन भगवती मन्दिर, तम्घास मन्दिर लगायतका मन्दिरहरुमा भक्तजनहरुहरुको बाक्लो उपस्थिति रहेको छ । यी मन्दिरहरुमा परापूर्वकालमा ऐतिहासिका राजाहरुले बसोवास गरेको पुरानो मान्यता पनि रहेको छ ।

महानवमीको अबसरमा उक्त मन्दिरहरुमा पञ्चवली राँगा, पाठा, परेवा, कुबिन्नो, हाँस, कुखुरा लगायतका बिभिन्न पशुहरु तथा फलफूलहरु पनि चढाउने गर्दछन्। देवतालाई बलि दिएर मनको आकांक्ष पुरा हुने बिश्वासका साथ बलि दिने गर्दछन् ।

कतिपय साहाकारीले कुबिन्नो, काक्रा, मुला जस्ता पनि चढाउने प्रचल रहि आएको छ । बलि दिएसँगै देवता खुसी हुने र आफुले मनले आटेका चिताएको कुरा पुरा हुन्छन् भन्ने मान्यता रहेको जनविश्‍वास छ ।

यस वर्ष सराय नाच देखाउन नपाइने

गुल्मीमा दशैंको अवसरमा देखाइने सराय नाचमा यस वर्ष प्रतिबन्ध लगाइने भएको छ। जिल्लामा दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म सराय नाच देखाउने गरिन्छ ।
जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकले दशैंको अवसरमा गरिने सराय नाचलाई यस वर्ष रोक लगाइउको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । तरवार नचाएर एक आपसमा खुशी साटासाट गर्ने सराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रमा मान्ने प्रचलन रहिआएको छ।

गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्द्रकोट लगायतका स्थानमा मुख्यगरी सराय नाच गरिन्छ । पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाइ एकआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?