+
+

बसको ठक्करले सप्तरीमा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते १७:२१

३० असोज, सप्तरी। सप्तरीमा बसले दिएको ठक्करबाट मोटरसाइकलमा सबार एक जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका वडा नम्बर ८ स्थित मिलन चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स.२प ३३३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको ना.५ ख ९००० नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करले मोटरसाइकलमा पछाडि सबार सप्तरीकै बलान बिहुल गाउँपालिका ६ रौतहट निवासी बर्ष ४० का प्रमोद मण्डलको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।

ठक्करले गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो । ठक्करले मोटरसाइकल चालक सोही ठाउँका अमरनाथ यादव घाइते भएका छन् ।

ठक्कर दिने बस र चालक चितवनको मारी नगरपालिका ४ बस्ने ३७ वर्षीय सुरेश रिमाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment