+
+

दशैंमा पनि बढेन बक्स अफिसमा चहलपहल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते १५:४२

दशैंको एक साता लामो बिदामा नेपाली होस् या विदेशी चलचित्र नै किन नहोस्, बकस अफिसमा ठूलै चहलपहल बनाउन सफल हुन्थे । तर, यो बर्षको दशैंले प्रदर्शकहरुको अनुहारमा खुशी दिन सकेन ।

हुनत, हल खुलेको खुशी भने प्रदर्शकहरुसँग छ । सायद अब प्रदर्शकहरुले बाक्लो चहलपहल र व्यापारका लागि तिहारसम्म प्रतिक्षा गर्नुपर्नेछ । यो दशैंमा नेपाली चलचित्र ‘डाँडाको वर पीपल’ रिलिज भएपनि दर्शकको उपस्थिती भने देखिएन ।

शोभित बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रलाई नवराज गिरीले निर्माण गरेका हुन् । चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको प्रदर्शन अगाडि ठूलै हल्ला भएपनि त्यसले बक्स अफिसमा खासै प्रभाव जमाउन सकेन । चलचित्र हेर्न हलसम्म दर्शक पुगेनन् । यी बाहेक, केही अंग्रेजी चलचित्र रिलिज भएपनि ती चलचित्रले पनि दर्शक हलसम्म तान्न सकेनन् । अब, प्रदर्शकको आशा तिहारमा रिलिज हुन लागेको हिन्दी चलचित्र ‘सूर्यवंशी’ माथि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?