+
+

नुवाकोटको किस्पाङमा बस दुर्घटना, ३० जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते ११:४६

१ कात्तिक, काठमाडौं । नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउने क्रम जारी रहेको जानकारी दिए ।

भाल्चेबाट काठमाडौं आउँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा दुर्घटना भएको हो । बस नालीमा खसेर भित्तामा ठोक्किएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?