+
+
Shares

दार्चुलामा विदेशी मुद्रा र स्रोत नखुलेको रकमसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते ११:३८

१ कात्तिक, धनगढी । दार्चुलामा विदेशी मुद्रा र स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले महाकाली नगरपालिकाको बाङ्गाबगर क्षेत्रबाट दार्चुलाको दुहु गाउँपालिका–१ पिपलचौरी बस्ने ३० वर्षीय तेजबहादुर बमलाई पक्राउ गरेको हो । उनलाई असोज २९ गते पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले शंकाको आधारमा बममाथि चेकजाँच गर्दा अवैध विदेशी मुद्रा र स्रोत नखुलेको रकम बरामद भएको जानकारी दिए । उनकाअनुसार थापाको साथबाट दुई लाख ४६ हजार पाँच सय नेपाली रुपैयाँ, ४९ हजार नौ सय ५० भारतीय रुपैयाँ, दुई थान मलेसियन रिङ्गेट, एक हजारको एक थान इराकी डिनार, एक थान चिनियाँ युआन बरामद भएको छ ।

उनीविरुद्ध विदेशी विनिमय अपचलन शिर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?