+
+

संखुवासभाका दुई स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १२:१०

१ कात्तिक, काठमाडौं । संखुवासभाका दुई स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ केराबारीमा भएको दुर्घटनामा दुई जना र मादी नगरपालिका

चिचिला गाउँपालिका ३ केराबारीमा अरुण तेस्रो जलविद्युत आयोजनाको सिमेन्ट बोकेको भारतीय नम्बर प्लेटको गाडी हिजो बेलुकी ८ बजे अनियन्त्रित भइ १ सय ५० मिटर तल खस्दा घाइते भएका तीन जनामध्ये दुई जनाको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाडी चालक भारतीय नागरिक ३५ वर्षीय श्याम झा र गाडीमा सवार ४० वर्षीय श्रीनिवास सिंहको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो ।

यसैगरी संखुवासभाको मादी नगरपालिका १ तिनजुरेमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

टुटेबाट गुफातर्फ जाँदै गरेको अनटेष्ट ट्याक्टर अनियन्त्रित भइ भिरबाट करिब ३ सय मिटर तल खस्दा तेह्रथुमको लालीगुराँस नगरपालिका १ का ३७ वर्षीय रमेश दाहालको घटनास्थलमै मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?