+
+

दशैं बिदापछि सोमबारबाट खुल्यो सुन चाँदी बजार

सुन तोलामा ७ सय रुपैयाँले बढ्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १३:१९

१ कात्तिक, काठमाडौं । दशैं बिदापछि सुन चाँदी बजार सोमबारबाट खुलेको छ । सार्वजनिक बिदाका कारण २६ असोजदेखि बन्द गरिएको सुन चाँदीको मूल्य तोक्ने कार्य पनि सोमबारबाट सुरु भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

दशैं बिदापछि खुलेको बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुन तोलामा ७ सय रुपैयाँले महँगो हुँदा चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेको महासंघले जनाएको छ । आजका लागि छापावल सुनको भाउ ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ । गत असोज २५ गते छापावल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा खरीद बिक्री भएको थियो ।

यस्तै तेजावी सुनको कारोबार मूल्य ९० हजार ८०० रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १२२५ रुपैयाँ आज कारोबार भईरहेको छ । असोज २५ गते चाँदीको भाउ तोलामा ११८० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?