+
+

प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण ब्रिटेन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १७:३६

१ कात्तिक, काठमाडौं । जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक तेस्रो साता ब्रिटेन जाने भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । वर्ल्ड  लिडर समिट नोभेम्बर १–२ मा स्टकल्याण्डको ग्लास्गोमा हुनेछ ।

यो प्रधानमन्त्रीका रुपमा देउवाको पहिलो विदेश भ्रमण हुनेछ । देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

संयुक्त राष्ट्रसंघको सम्मेलनमा भाग लिन बेलायत गएपछि देउवाको यो भ्रमण द्वीपक्षीय हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?