+
+

‘पढ्दै कमाउँदै’ कार्यन्वयनका लागि कार्यविधि मस्यौदा तयार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १९:२१

१ कार्तिक, काठमाडौं । सरकारले घोषणा गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि बनाउन शुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालयलाई प्राथमिकतामा राखेर परीक्षणका रुपमा कार्यान्वयन गर्ने गरी कार्यविधिको मस्यौदा तयार भएको जनाएको छ ।

यो वर्ष पढ्दै कमाउँदै कार्यक्रम परीक्षणका रुपमा केही प्राविधिक धारका विद्यालयहरुमा लागू गर्ने तयारी भईरहेको मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख डा.तुलसी प्रसाद थपलियाले जानकारी दिए । उनले भने ‘यो वर्ष प्राविधिक धार तर्फका करिब २५ वटा कार्यक्रम विद्यालयहरु लागू गर्ने योजना छ ।’

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा सरकारले घोषणा गरेको माध्यमिक तह (कक्षा ९–१२) का विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालनका लागि मन्त्रालयले कार्यविधि तयारी थालेको हो ।

विद्यार्थीले पढ्दा पढ्दै गरेको कामबाट आय आर्जन पनि गर्न सक्छन् भन्ने परीक्षण प्रयोगको रुपमा काम गरिने गरी योजना थालिएको थपलियाले बताए । कार्यक्रम घोषणा भए पनि बजेट व्यवस्थापन भने नभएकोले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको १४ करोड ‘पढ्दै कमाउँदै’ कार्यक्रममा लगानी गर्ने गरी मन्त्रालयले कार्यविधि बनाईरहेको महाशाखाले जनाएको छ ।

गुणस्तरीय शिक्षा, प्रावधिक शिक्षा, पूर्वाधार शिक्षा, प्रविधिको समुचित प्रयोग गरी शिक्षा क्षेत्रको गुणात्मक विकास गर्न भूगोल एवं विद्यार्थी संख्या समेतका आधारमा बालशिक्षादेखि माध्यमिक शिक्षासम्मको नक्सांकन तयार गरी कार्यान्वयन गरिने बजेट अध्यादेशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?