+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कनेक्ट आईपीएसबाट दसैँभर ९ अर्ब रुपैयाँभन्दा धेरै कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १४:२१

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालन गर्दै आएको विद्युतीय भुक्तानी माध्यम कनेक्ट आईपीएसबाट दसैँको १० दिनमा झण्डै १० अर्ब रुपैयाँ बराबर कारोबार भएको छ । घटस्थापना (आश्विन २१) देखि एकादशी (आश्विन ३०) भित्र उक्त प्रणालीमार्फत ९ अर्ब २० करोड रुपैयाँ बराबर कारोबार भएको हो । उक्त कारोबार अघिल्लो वर्षको दसैँको तुलनामा ३१७% ले वृद्धि भएको एनसीएचएलले जानकारी दिएको छ ।

नेपाली संस्कृतीसँग जोडिएको दसैँका बेला नगद लेनदेन निकै बढ्छ । अन्य चाडपर्वमा पनि नगद लेनदेन उल्लेख्य मात्रामा हुने गरेपनि दसैँका बेला यसको आकार निकै बढ्ने गर्छ । बैंक वित्तीय संस्थाहरू तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूको पहलमा चाडपर्वमा समेत विद्युतीय कारोबारको प्रयोग निकै बढ्ने गरेको छ ।

कनेक्ट आईपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाइल एप, वेब तथा कुनै पनि बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्छन् । कनेक्ट आईपीएसको एप र वेबमा आफ्नो खाता एकपटक लिन्क गर्नुपर्ने हुन्छ भने मोबाईल बैंकिङ्गमार्फत छुट्टै रजिष्टर बिना सीधै प्रयोग गर्न सकिन्छ ।

चाडपर्वको समयमा मोबाइलबाट गरिने रकम ट्रान्स्फरलाई थप सहज गर्न कनेक्ट आईपीएसको मोबाइल एप वा कुनै पनि बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गबाट गरिने रकम ट्रान्स्फरमा लाग्ने कारोबार शुल्क आश्विन २० देखि कार्तिक २५ सम्म निःशुल्क गरिएको एनसीएचएलले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?