+
+

धरानमा पहिरोले घर पुरिँदा दुई जना बालबालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १७:११

२ कात्तिक, विराटनगर । सुनसरीको धरानमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले पुरिँदा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी ८ वर्षीया छोरी निसु र ४ वर्षीय छोरा निहान राईको मृत्यु भएको हो ।

मंगलबार दिउँसो पौने २ बजे पहिरो खस्दा टिनको घर पुरिएको थियो । पहिरोमा दुई जना बालबालिका बेपत्ता भएका थिए ।

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली खटिएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुवै जना बालबालिकालाई मृत अवस्थामा फेला पारेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?