
३ कात्तिक, काठमाडौं । विराटनगर विमानस्थल डुबानमा परेपछि वायुसेवा कम्पनीले झापाको भद्रपुरमा उडान बढाएका छन् ।
बुद्ध एयरले एक सूचना जारी गरि भद्रपुरमा उडान संख्या थपेको जानकारी गराएको छ ।
विराटनगरको साटो विकल्पमा सो विमानस्थल प्रयोग गर्न सकिने भन्दै कम्पनीले ट्राभल कम्पनी वा मोबाइल एपबाटै टिकट लिन सकिने समेत जानकारी गराएको छ ।
विराटनगर विमानस्थलमा भने बाढी पसेसँगै बुधबार बिहानैबाट अवरुद्ध भएको छ । भद्रपुरमा भने बिना अवरोध उडान भइरहेको कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4