+
+

जावेद अख्तर भन्छन्–‘हाई प्रोफाइल भएकै कारण बलिउड निशानामा पर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १२:१९

बलिउडका सफल गीतकार जावेद अख्तरले हाई प्रोफाइलका कारण बलिउड निरन्तर निशानामा परेको बताएका छन् । उनले, यही कारणले बलिउडका कलाकर्मीमाथि छापा मार्ने गरिएको पनि आरोप लगाएका छन् । नायक साहरुख खानका छोरा आर्यन खानको पक्राउको बिषयमा पत्रकारले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।

सामाजिक संजालमा आर्यन खानको विरुद्ध लगाइएको ड्रग्सको मुद्दा बलिउडलाई सोचविचार गरेर नै टार्गेट गरिएको चर्चा सामाजिक संजालमा चल्ने गरेको छ ।

जावेदले भने–‘यस्तोे नजिता बलिउड नगरी हाई प्रोफाइल भएका कारण बारम्बार चुकाउनु परिररहेको छ । जब तपाई हाई प्रोफाइल हुनुहुन्छ, तब मानिसहरु तपाइलाई गिराएर रमाउन चाहन्छन् । यदि, तपाई केही पनि हुनुहुन्न भने तपाइलाई ढुंगा हिर्काउने फुर्सद कोसँग छ ?’

उनले मिडियाप्रति लक्षित गर्दै भने–‘एउटा बन्दरगाहमा एक अरब डलरको कोकिन मिल्छ । यस्तै, अर्को एक ठाउँमा १२ सय मानिस भेला हुन्छन् । त्यहाँ गाँजा र १ लाख ३० हजार रुपैयाँ भेटिन्छ । अब, मिडियामा यही नै राष्ट्रिय समाचार बन्छ तर अरबौं डलरको कोकिनमाथि कुनै हेडलाइन बन्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?