+
+

बाढीपीडित किसानलाई राहत दिन एकीकृत समाजवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १३:४७

३ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अविरल वर्षाका कारण धान बाली क्षति पुगेको किसानलाई राहत दिन सरकारसँग माग गरेको छ ।

प्रवक्ता जगनाथ खतिवडाले बक्तव्य जारी गर्दै धानबाली क्षति पुगेका किसानलाई राहत दिन माग गरेका छन् ।

एकीकृत समाजवादीले अविरल वर्षाका कारण संकटमा परेकाहरुको उद्धारमा परिचालित हुन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको छ ।

साथै बाढी, पहिरो र सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि समेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?