+
+

बाढी पहिरो पीडितलाई तत्काल राहत दिन सरकारसँग निधिको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १३:५७

३ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बाढी पहिरोमा फसेकाहरुको उद्धारमा खटिन तीनै तहका सरकारलाई परिचालित हुन समेत निधिले ध्यानाकर्षण गराएका छन् ।

‘बाढीका कारण जोखिममा परेका व्यक्तिहरुलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै राहत र क्षतिपूर्तिको व्यबस्था मिलाउन संघीय सरकारको ध्यानाकर्षण गराउँन चाहन्छु’, निधिले बक्तव्यमा लेखेका छन् ।

उनले अविरल वर्षाका कारण धानबाली नष्ट भएका किसानलाई राहतको व्यवस्था गर्न पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?