
३ कात्तिक, सप्तरी । लगातारको वर्षाका कारण आएको बाढीमा डुबेर सप्तरीमा एक युवक बेपत्ता भएका छन् ।
हनुमानगर कंकालिनी नगरपालिका– ९ का २३ बर्षीय लालु मण्डल सोही नगरपालिका–१४ स्थित जीता खोलाले बगाउँदा वेपत्ता भएका हुन् । स्थानीय सञ्जीवकुमार मण्डलसँगै तिलाठीबाट रम्पुरा मल्हनियाँतर्फ जाँदै गर्दा जीता खोला तर्न लागेका थिए । सोही क्रममा दुबैलाई खोलाले बगाएको थियो ।
सञ्जीव पौडी खेलेर बाहिर निस्किएपनि लालुलाई खोलाले बगाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ । सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले वेपत्ता भएकाको खोजी भइरहेको जानकारी दिए ।
आठ चौपाया बगायो
बाढीले सप्तरीमा आठ वटा चौपाया पनि बगाएको छ । सप्तकोशी नगरपालिका–९ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा गाईवस्तु चराएर फर्किने क्रममा पौडाहा खोलामा आएको बाढीले ७ घरको ८ वटा चौपाया बगाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4