+
+

अविरल बर्षाले महोत्तरीमा ११ जनाको घर भत्कायो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १२:३१

४ कात्तिक, जनकपुरधाम। केही दिनको अविरल बर्षाले महोत्तरीमा ११ जनाको घर भत्काएको छ । जिल्लाको बिभिन्न ठाउँका ११ जनाको घर भत्किँदा लाखौंको क्षति भएको छ ।

भंगहा नगरपालिका-६ संग्रामपुरमा मात्रै चार जनाको घर भत्किएको छ । यहाँका मनोज यादवको घर, सोही ठाउँका रवीदुखा यादवको घर, मैतुन खातुनको घर, रामएकवाल यादवको घर बर्षाका कारण भत्किएको छ ।

बलवा नगरपालिकामा पनि पाँच जनाको घर भत्किएको छ । बलवा नगरपालिका ७ बस्ने राहुल कुमार झा, निरो देवी मण्डलको घर र नन्दा मुखियाको भान्सा घर पूर्ण रुपमा भत्केको प्रहरीले जनाएको छ ।

यस्तै सोही नगरपालिका-३ बस्ने रामचन्दु यादवको खपडाले छाएको एक तले कच्ची गोठ घर पूर्ण रुपमा क्षति भएको छ भने सञ्जीव यादवको एकतले कच्ची गोठ घरको माटो र बाँस टाटी भत्केको छ ।

मनराशिस्वा नगरपालिका-३ का बस्ने महिन्द्र महतो २ कोठा भएको कच्ची घर र मनराशिस्बा नगरपालिका-८ बस्ने ३९ बर्षीय जाहेरुल राईनको खरले छाएको दुई कोठा भएको घर भत्केर पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ ।

उक्त घरहरु भत्किँदा झण्डै १२ लाख बराबरको क्षति भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?