+
+

प्रधानमन्त्री देउवा बझाङको चैनपुरमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १३:४०
बझाङको चैनपुरमा प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित क्षेत्र बझाङको चैनपुर पुगेका छन् । उनले चैनपुरमा बाढी र पहिरोबाट भएको क्षतिको जानकारी लिएका उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवा बिहीबार बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणमा छन् । सुदूरपश्चिममा बाढी र पहिरोले बझाङ र डोटी जिल्लामा बढी क्षति पुगेको छ । बाढीका कारण डोटीमा १४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्तै बझाङमा २१ जना हराइरहेका छन् ।

प्रधानमन्त्रीसहितको टोली बिहीबार बिहान काठमाडौँबाट सुर्खेत हुँदै दिपायल आएको हो । टोलीले यहाँका बाढीले क्षति गरेका स्थानको हवाई निरीक्षण गरेको थियो । प्रधानमन्त्री देउवा बिहीबार बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाड जाने कार्यक्रम छ ।

ढुंगाडबाट डडेलधुराको सदरमुकाम खलंगा र जोगबुढा, कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जानेछन् । धनगढीबाट उनी शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?