+
+

बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई कर्णाली सरकारले २ लाख दिने

रासस रासस
२०७८ कात्तिक ५ गते १८:१४

५ कात्तिक, कर्णाली । कर्णाली प्रदेश सरकारले बाढी, पहिरोलगायत प्राकृतिक विपदमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सामूहिक दुर्घटना बीमाबापत सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

हालै आएको बेमौसमी बाढी पहिरोमा परी कर्णाली प्रदेशमा आठ जनाको मृत्यु र चार जना घाइते भएका थिए । प्रदेश सरकारले यसअघि लागू गरेको सामूहिक दुर्घटना बीमा कार्यक्रमअन्तर्गत यसपटकको बाढी, पहिरोमा परी मृत्यु भएका हुम्लाका ६, कालीकोट र जुम्लाका एक/एक जनालाई राहत रकम दिने भएको हो ।

प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठका अनुसार विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी र पहिरोबाट अन्नबालीमा पुगेको क्षतिको लगत संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्ने, घाइतेको निःशुल्क उपचार गर्ने, पूर्णरुपमा क्षति भएका घरको विवरण संकलन गरी पुनर्निर्माण तथा पुनर्स्थापना कार्यक्रमका लागि संघीय सरकारसँग समन्वय गर्नेलगायतका निर्णय गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?