+
+

थप ५१३ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ६ गते १७:३०

६ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,९७२ पीसीआर परीक्षणमा ४३८ र १,९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१७ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या १० हजार ५५९ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १५०, ललितपुर र मोरङमा ३९/३९, रुपन्देहीमा ३२, भक्तपुर र सुनसरीमा २४/२४, कास्कीमा १६, मकवानपुरमा १५ र चितवनमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?