+
+

नर्विचको पोष्टमा चेल्सीको ७ गोल, माउन्टको ह्याट्रिक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ६ गते २०:३०

६ कात्तिक, काठमाडौं । मासोन माउन्टको ह्याट्रिकको मद्दतले चेल्सीले प्रिमियर लिगमा शनिवार नर्विच सिटीलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा माउन्टले ह्याट्रिक पूरा गरे भने कलुम हडसन ओडोई, रिस जेम्स र बेन चिलवेलले एक-एक गोल गरे । नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल गरे ।

६५औं मिनेटमा बेन गिब्सन दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिँदा नर्विच १० खेलाडीमा समेटिएको थियो ।

जितपछि शीर्ष स्थानको चेल्सीले ९ खेलबाट २२ अंक जोडेको छ । चेल्सीले एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुलसंग ४ अंकको दूरी बनाएको छ ।

सातौं हार बेहोरेको नर्विच भने ९ खेलबाट जम्मा २ अंकसहित पुछारमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?