+
+

हल खुलेपछि २ फिल्म रिलिज, ३ फिल्मको प्रदर्शन मिति तय

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते ११:३६

निषेधाज्ञापछि प्रशासनले भदौबाट हल खोल्न अनुमती दिएपनि नेपाली चलचित्रका निर्माताहरुले प्रदर्शन मिति तय गर्ने हिम्मत भने गरेका छैनन् । केही चलचित्रका निर्माताले प्रदर्शन मिति तय गरेपनि करिब ६ महिना हलमा नेपाली चलचित्रको भ्याकुम नै देखिने संभावना छ ।

अधिकांश निर्माता तिहारमा रिलिज हुन लागेको हिन्दी चलचित्र ‘सुर्यवंशी’मा दर्शक कति आउलान् भनेर नै कुरिरहेका छन् । चलचित्र विकास बोर्डले ३ महिना भित्र रिलिज हुने चलचित्रका लागि विभिन्न सुविधा दिने घोषणा गरेपनि निर्मातालाई त्यसले आकर्षित गरेको छैन ।

दशैंको लामो बिदामा पनि हलहरुले नयाँ नेपाली चलचित्र पाएनन् । बरु, ‘डाँडाको वर पीपल र धन्दागिरी’ नामक २ चलचित्र रिलिज भए । तर, यी चलचित्रबाट न त प्रदर्शक नै आशावादी थिए न त दर्शक नै । चलचित्रले दर्शक पाएनन् ।
पौष ९ गते रिलिज हुन लागेको चलचित्र ‘चुरिफुरी’ बाहेक अरु निर्माताले प्रदर्शन मिति तय गरेका छैनन् । यसपछि एकैचोटी चैत्रको २५ गते नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज हुनेछ । यसपछि, वैशाख ३० गते चलचित्र ‘चिसो मान्छे’ रिलिज गर्ने तयारी निर्माताको छ ।

भदौबाट हल खुलेपनि अहिलेसम्म २ वटा चलचित्र रिलिज भएका छन् भने ३ वटा चलचित्रका निर्माताले प्रदर्शन मिति तय गरेका छन् । तर, रिलिजका लागि करिब ५ दर्जन चलचित्र रहेको बताइन्छ । आखिर, नेपाली चलचित्रका निर्माताले कुन बाटो हेरिरहेका हुन्, त्यो उनीहरुले नै जान्ने कुरा भयो । तर, करिब २ बर्ष हिन्दी चलचित्रको रिलिज मितिले भरिएकाले पनि नेपाली चलचित्रका निर्मातालाई सहज भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?