+
+

माधव नेपाललाई एमालेले फेरि लिँदैन : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १७:३५

७ कात्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालबाहेक अरु नेतालाई पार्टीमा फर्कन आग्रह गरेका छन् । आइतबार गृह जिल्ला झापा पुगेका ओलीले माधव नेपाललाई भने फेरि नेकपा एमालेले नलिने बताएका हुन् ।

‘माधव नेपालबाहेक अरु पार्टीमा फर्किए हुन्छ, अरु साथीहरु फर्कनुहोस्, भ्रममा नपर्नुहोस् । तर माधव नेपाल जस्तो आपराधिक तत्वलाई फेरि नेकपा एमालेले लिँदैन’, ओलीले भने ।

माधव नेपालको पछि लाग्ने मान्छे देखेर अचम्म लाग्ने पनि ओलीले टिप्पणी गरे । ‘माधव नेपालको पछि लागेका दुई चार जना अलमलमा परेको देखेर अचम्म लाग्छ । के देख्या होला ?’ ओलीले आश्चार्य प्रकट गरे ।

व्यवसायी दुर्गा प्रसाईंको भनाइमा समर्थन जनाउँदै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछि लागेर पनि काम नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?