+
+

आर्यन खानलाई छुटाउन साहरुखसँग २५ करोड मागिएको थियोः प्रभाकर(गोसावीका बडिगार्ड)

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १९:२९

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानको ड्रग्स मुद्दामा नयाँ ट्विष्ट आएको छ । नारकोेटिक्स कन्ट्रोल ब्यूरोका एक प्रत्यक्षदर्शीले यसका प्रमुख समीर वानखेडेमाथि गम्भिर आरोप लगाएका छन् । यो दाबी प्रभाकर सैलले गरेका छन्, जसले आफूलाई केपी गोसावीको बडिगार्ड बताएका छन् ।

गोसावीका बडिगार्ड प्रभाकरले मिडियासँग कुराकानी गर्दै गोसावी र सैम डिसुजा नाम गरेका व्यक्तिविच २५ करोडको कुरा भएको सुनेको उल्लेख गरेका छन् । उनले भनेका छन्–‘गोसावी र सैमले १८ करोेडसम्म दिएको खण्डमा केस मिलाउने बताएका थिए । जसमध्ये ८ करोेड एनसीबीका अधिकारी समीर वानखेडेलाई दिनुपर्ने कुरा गरेको थिए ।’

प्रभावकरले आफूलाई पञ्चनामाको पेपर बताएर १० पेज लामो खाली पन्नामा साइन गर्न लगाइएको पनि उल्लेख गरेका छन् । उनले आफ्नो आधार कार्ड समेत मागेको बताएका छन् । प्रभावकरले एक भिडियो सार्वजनिक गरेका छन्, जसमा एनसीबीको अफिसमा गोसावीले आफ्नो फोनमार्फत आर्यन खानलाई कोही व्यक्तिसँग कुरा गराएको देख्न सकिन्छ ।

एनसीवीले अक्टुबर ६ तारिखमा सार्वजनिक गरेको प्रेस रिलिजमा प्रभावकरको नाम प्रत्यक्षदर्शीमा राखिएको छ । प्रभावकरका अनुसार गोसावी केही दिनदेखि भूमिगत भएका छन् । आफूले असुरक्षित महशुश गरेपछि सुरक्षाको माग गरेको पनि प्रभावकरले बताएका छन् ।

प्रभावकरले क्रुजमा छापा मारेको दिन आफू गोसावीसँग रहेको पनि बताएका छन् । गोसावीलाई आफूले सैम नाम गरेका मानिससँग एनसीबीको अफिस बाहिर भेटेको देखेको पनि प्रभावकरले बताएका छन् ।

प्रभावकरले अक्टुबर ३ को बिहानीपख एक महंगो गाडीमा साहरुखकी म्यानेजर पूजा डड्लानी गोसावीलाई भेट्न पुगेको पनि बताएका छन् । तर, पूजासँग कुरा नमिलेको प्रभावकरको भनाई छ ।

प्रभावकरको यो भनाई सार्वजनिक भएसँगै आर्यन खानको ड्रग्स मुद्दा पैसाका लागि रचिएको सुनियोजित खेल भएको भन्दै एनसीबीका प्रमुख समिरलाई कारवाहीको माग गर्दै सामाजिक संजालमा ट्विट गरिएको छ । यो बिषयमा समिरको कुनै पनि भनाई सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?