+
+

गुल्मीका ७ वडामा एमालेको अधिवेशन हुन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते ७:२८

८ कात्तिक, गुल्मी । गुल्मीका ७ वटा वडामा नेकपा (एमाले)को अधिवेशन भएको छैन । जिल्लाका ९३ वडाहरू मध्ये ७ वटा वडामा वडा अधिबेशन हुन नसकेको नेकपा (एमाले) गुल्मीमा उपसचिव धर्म विश्वकर्माले जानकारी दिए ।

वडाअधिवेशन हुँन बाँकी रहेका वडाहरुमा मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका र सत्यवति गाउँपालिकाका केही वडामा अधिवेशन हुँन बाँकी रहेको बिश्वकर्माले बताए । बाँकी रहेका वडाहरूमा पनि छिट्टै नयाँ नेतृत्व चयन हुने उनको भनाइ छ ।

सम्पन्न भएका वडाहरूमा सर्बसहमतिमा नेतृत्व चयन गरिएको एम्ााले केन्द्रीय सदस्य एवम् गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले बताए । वडा अधिवेशनबाट आगामी दुई वर्षका लागि ३१ जनाको कमिटी निर्वाचत भएका छन् ।

कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी पाँच सदस्यीय पदाधिकारी निर्वाचित भएका हुन् । वडा अधिवेशनमा पाँच जना संगठित सदस्य बराबर एक जना गाउँ/नगर प्रतिनिधि बन्न पाइने व्यवस्था रहेको छ ।

त्यस्तै दलित/महिला/जनजातिको हकमा तीन जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि बन्न पाइने व्यवस्था रहेको उपसचिव विश्वकर्माले बताए । निर्वाचनको केन्द्रीय तालिका अनुसार कात्तिक ९ गते गाउँ, नगरपालिका अविधेशन सम्पन्न हुँदैछ ।

त्यसको लागि सोमबार प्रतिनिधिको नामावली र निर्वाचन अधिकृत तोकिने विश्वकर्माले बताए । अविधेशनका लागि एमालेका जिल्ला भर १० हजार १९५ जना संगठित सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?