+
+

राष्ट्रिय परिचयपत्रका लागि भक्तपुरमा १८ हजार जनाको विवरण संकलन

रासस रासस
२०७८ कात्तिक ८ गते १२:३८

८ कात्तिक, काठमाडौं । भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिकाका ९ वटा वडा र सूर्यविनायक नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म जारी विवरण सङ्कलन अभियानमा १८ हजारले व्यक्तिगत विवरणसहितको फाराम भरेका हुन् ।

यसैबीच सूर्यविनायक नगरपालिका ६ देखि १० सम्म सोमबारदेखि अभियान शुरु भएको छ । अभियान अन्तर्गत प्रत्येक वडामा ३ वा ४ केन्द्र रहनेछन् । एक केन्द्रमा एक कम्युटर अपरेटर, दुई छानबिन गर्ने अधिकारी र एक जना सहयोगी रहने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

उनले छिट्टै भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा पनि छिट्टै अभियान सञ्चालन गरिने बताइन् । ‘भक्तपुर नगरपालिकामा एक दुई दिनभित्रै रुजु अधिकारीलाई अभिमुखीकरण गरेर कार्यस्थल खटाइ अभियान शुरु गर्ने तयारी भइरहेको छ । त्यसपछि मध्यपुरथिमिमा अभियान शुरु गर्छौं,’ उनले भनिन् ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका व्यक्तिगत र जैविक विवरण प्रविष्ट हुने भएकाले यो बहुउपयोगी भएको र भविष्यमा अनिवार्य जस्तै हुने भएकाले सबै नागरिकले विवरण भरेर बुझाउन प्रजिअ शर्माले आह्वान गरेकी छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?