+
+
Shares

वालेट प्रयोग गर्न पनि राष्ट्रिय परिचयपत्र आवश्यक 

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत विद्युतीय वालेट खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र बाहेक आवश्यक कागजात लिएर समेत खोल्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ८ गते २१:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले अबदेखि विद्युतीय वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
  • भुक्तानी सेवा प्रदायकले २०८३ असोज मसान्तभित्र प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
  • विदेशमा बस्ने नेपाली र अशक्त नागरिकका हकमा भने केन्द्रीय बैंकले केही विशेष छुटसहितको मापदण्ड तोकेको छ ।

८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेट प्रयोगकर्तालाई पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

भुक्तानी सेवा प्रदायकले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख अनुसार विवरण यकिन गरी वालेट खोल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

भुक्तानी सेवा प्रदायक संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा लिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकका हकमा २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नसमेत केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

राष्ट्रिय परिचयपत्र लिई नसकेका नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्र लिई ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिना जानकारी दिने व्यवस्था मिलाउन पनि केन्द्रीय बैकले निर्देशन दिएको छ ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइन मार्फत विद्युतीय वालेट खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र बाहेकका अन्य आवश्यक कागजात लिएर समेत वालेट खोल्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

यसरी खोलिने वालेटका सम्बन्धमा निज वालेट प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेक आवश्यक कागजात संलग्न गरेर समेत वालेट खोल्न र कारोबार गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?