+
+

डा. केसीले मागे प्रधानन्यायाधीश जबराको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १७:१२

८ कात्तिक, काठमाडौं । सत्याग्रही प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेका छन् ।

डा. केसीले सोमबार विज्ञप्ति जारी गर्दै जबरा न्यायिक विचलन, भागवण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप लगाएका हुन् । न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि जबराले तत्काल राजीनामा दिनुपर्ने भन्दै उनले भनेका छन्, ‘तत्काल राजीनामा नदिए उनको पदमुक्तिका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ ।’

उनले जबराको पदीय हैसियतको अवज्ञा गर्न समेत सरोकारवालाहरुसँग अपील गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?