+
+

कात्तिक ११ देखि शिखर वार बुदोकैदो प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १७:५८

८ कात्तिक, काठमाडौं । नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता कात्तिक ११ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशबाट करिब २५० खेलाडीको सहभागिता संघका उपाध्यक्ष वीरकृष्ण महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

पुरुषमा ९ र महिलामा २ गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि र खुला तौलसमूह स्पर्धा समावेश छन् । महिलामा ४५ केजीमुनि र खुला तौलसमूहमा भिडन्त हुनेछ ।

पुरुष÷महिला खुलामा पहिलो हुनेले १ तोला सुनको पदक तथा दोस्रोले ५ तोलाको चाँदीको पदक प्राप्त गर्नेछन् । बाँकी हरेक स्पर्धाको विजेताले ५ हजार, उपविजेताले ३ हजार तथा तेस्रोले १ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् । तीनदिने प्रतियोगिताका खेलहरु काठमाडौंको वसन्तपुर डबलीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?