+
+

केएनपीको ब्यूटी गोल्ड वासेवल नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १८:३९

काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले नेपाली बजारमा आफ्नो नयाँ प्रोडक्ट केएनपी ब्यूटी गोल्ड वासेवल ल्याएको छ । यस पेन्टलाई प्रयोग गरेपछि सजिलैसँग भित्तामा लागेका दागहरुलाई सफा गर्न सकिने कम्पनीको दावी छ ।

आर्कषक चमक रहेको यस एन्टि ब्याकटेरियल केएनपी ब्यूटी गोल्ड वासेवलमा ग्राहकहरुले कम रङ्गमा धेरै क्षेत्रफल पेन्ट गर्न सकिने कम्पनीले बताएको छ । नेपाली बजारमा असोज १५ गते सार्वजनिक गरिएको पेन्टमा भीओसी (हानिकारक केमिकल) अत्यन्तै कम र गन्ध पनि कम हुने हुँदा भित्तामा लागेका दागहरु हटाएर भित्तालाई वर्षौंसम्म नयाँ जस्तै राख्न सघाउने कम्पनीको भनाइ छ ।

सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन गर्न शुरु गरेको केएनपी जापानले वातावरण मैत्री पेन्टलाई प्राथमिकता दिँदै हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?