+
+

खैरो हिरोइनसहित पक्राउ परेका वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते २०:४३

८ कात्तिक, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका–१ का वडा अध्यक्ष ५५ वर्षीय अमेरिका सहनीलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको छ ।

लागू औषध खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका उनलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

प्रहरीले उनीसँगै वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश सहनीलाई समेत पक्राउ गरेको थियो । वडा अध्यक्ष अमेरिकासँगै राम आदेश पनि पुर्पक्षका लागि कारारगार पठाईएका छन् । वडा सदस्य बलिष्टर सहनीलाई एक लाख धरौटीमा छोड्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

वीरगञ्जनबाट पोखरियातर्फ जाँदै गरेका उनीहरुलाई साउन तीन गते राति साढे १० बजे वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नियन्त्रणमा लिएको थियो ।

वडा अध्यक्ष अमेरिकाले चलाएर ल्याएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हिरोइन ७९ ग्राम फेला परेको थियो । उनीसँगै वडा सदस्य बलिष्टर ना ६२ प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदै थिए भने राम आदेश वडा सदस्यको मोटरसाइकल पछाडि बसेका थिए ।

प्रहरीका अनुसार वडा सदस्य बलिष्टर यसअघि पनि लागू औषध (गाँजा) मुद्दामा धरौटीमा छुटेका थिए भने वडाअध्यक्ष अमेरिका पनि विभिन्न गैरकानुनी तथा अपराधिक गतिविधिमा संलग्न भएको रेकर्ड आफूसँग रहेको दावी प्रहरीले गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?