+
+

‘चुरिफुरी’को शिर्ष गीत रिलिज, पुजासँग अभिषेकको रोमान्स

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १०:३६

पौष ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चुरिफुरी’को शिर्ष गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै शिर्ष गीत सार्वजनिक गरेर निर्माणपक्षले प्रचार सुरु भएको जनाएको छ । सार्वजनिक गीतमा बेनिशा पौडेल र समिर आचार्यको स्वर, ऋषिराज आचार्य र दीपक शर्माको शब्द, दीपक शर्माकै संगीत छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु अभिषेक श्रेष्ठ, पुजा पन्त, राजिव जंग बस्नेत, रविन्द्र झा, शिशिर भण्डारी, सुवोध गौतम, दीपक आचार्य, सुरविर पण्डित, सोना बज्रचार्य लगायतको अभिनय छ । यो चलचित्रलाई ऋषिराज आचार्यको कथा, पटकथा तथा निर्देशन छ । चलचित्रमा ऋषि र रिना ढकालको लगानी छ । यो चलचित्रमा नविन निरौलाको सम्पादन, राहुल राइको छायांकन, भिमफेदी ग्रुपको कोरियोग्राफी छ ।

यो चलचित्रका निर्देशक ऋषिराजले सामाजिक कथावस्तुमा कमेडी शैलीमा चलचित्र निर्माण गरेको बताए । चलचित्रले मानिसले आफ्नो स्तर भन्दा बढी नै चुरिफुरी गर्ने गरेको र त्यसले उसलाई कुन नतिजामा पुर्याउँछ भन्ने बिषयमा बोल्ने निर्देशकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?