+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राष्ट्रिय पुस्तकालय जमलमा बनाउन दिने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १४:०२

९ कात्तिक, काठमाडौं। राष्ट्रिय पुस्तकालय जमलमा बन्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय पुस्तकालय जमलमा बनाउन दिने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

२०७२ वैशाख १२ को भूकम्पले हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालयको भवन जीर्ण बनेपछि सरकारले २०७५ असोज २८ मा नेपाली मौलिक कला, संस्कृति र परम्परा झल्किने डिजाइनसहितको राष्ट्रिय पुस्तकालय भवन निर्माण गर्ने निर्णय गरेको थियो।

त्यहि निर्णय अनुसार जमलस्थित ७ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गा राष्ट्रिय पुस्तकालयको नाममा पास भएको थियो। त्यसपछि राष्ट्रिय पुस्तकालय निर्माणका निम्ति डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) समेत तयार भई पुस्तकालय निर्माण प्रक्रिया अघि बढेपछि रोकिएको थियो ।

सरकारले विभिन्न व्यापारिक समूहको प्रभावमा भवन परेर पुस्तकालय निर्माण रोकेको आरोप लाग्दै आएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समेत जमल, घण्टाघर, रानीपोखरी, टुँडिखेलदेखि दशरथ रंगशालासम्म एकीकृत योजना बनाउने प्रस्ताव अघि सारेपछि पुस्तकालय निर्माण कार्य अघि बढ्न सकेको थिएन।

सरकारले २०७७ साउन ५ मा ‘अर्को निर्णय नभएसम्म जमलको जग्गामा नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण नगर्ने÷नगराउने’ निर्णय गरेपछि प्रक्रिया अगाडी बढ्न सकेको थिएन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने राष्ट्रिय पुस्तकालय राजधानीको जमलमै बनाउन २०७७ चैत १८ मा पुनः प्रक्रिया अघि बढाएको थियो। मन्त्रालयले जमलस्थित कित्ता नं. १२७० मा राष्ट्रिय पुस्तकालय निर्माण अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग स्वीकृति मागेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको माग अनुसार राष्ट्रिय हितको पक्षमा निर्णय गरेको मन्त्री पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?