+
+

नबिल बैंकद्वारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १४:४६

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।

समझदारी पत्रमा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष तेजबहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।

साझेदारीसँगै विभिन्न उद्यम सम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्न पाउने छन् ।

कार्यक्रममा नबिल बैंकको कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले बराहताल गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

त्यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारत लगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा ब्यक्त गरे ।

उक्त कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?