+
+

सरकारसँगको साँठगाँठका कारण न्यायालय विवादमा पर्‍यो : प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १४:५५

९ कात्तिक, गुल्मी । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सरकारसँगको साँठगाँठका कारण न्यायालय विवादमा परेको बताएका छन् ।

मंगलबार गुल्मीको रेसुङ्गा नगरपालिकामा एमालेको अधिवेशन उद्घाटन गर्दै उनले न्यायाधीशको मागमा मन्त्री पद बाँड्नु लज्जास्पद भएको बताए ।

उनले जनताले वर्षौंदेखि न्याय मागिरहेका बेला सरकारसँग गठबन्धन गरेर न्यायालय बिटुलिएको बताए । कार्यपालिका र न्यापालिकाबीच अपवित्र साँठगाँठ भएको पनि ज्ञवालीले बताए । सरकार जति दिन रहन्छ त्यतिदिन देशका लागि ऐँझेरु रहेको बताए ।

जयसिंह धामीको मृत्यु, सुकुम्बासी आयोग खारेज र सयौं आयोजना कटौती गर्नु सरकारको विकासविरोधी गतिविधि भएको ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?