+
+

थप क्षति हुन नदिन प्रधानन्यायाधीशको राजीनामा : भीमार्जुन आचार्य 

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १५:२२
फाइल तस्वीर

९ कात्तिक, काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले न्यायालयलाई थप क्षति हुन नदिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् ।

मंगलबार नेपाल पत्रकार महासंघले समसामयिक विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबरालाई सुध्रिनका लागि पटकपटक मौका दिँदा पनि नसुध्रिएको बताए । न्यायालयमा हुने क्षति नियन्त्रणका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने उनको सुझाव छ ।

आचार्यले न्यायालयमा अहिलेको जस्तो विकृति, भ्रष्टाचार र अनियमितता यसअघि कहिल्यै नभएको दाबी गरे । ‘यति ठूलो विकृति, भ्रष्टाचार, अनियमितता नेपालको न्यायालयमा यो भन्दा पहिले कहिल्यै पनि भएको थिएन । न्यायालयलाई गुटबन्दीमा प्रश्रय दिने काम गरियो,’ उनले भने, ‘आ–आफ्नो स्वार्थको मुद्दा उहाँले अमूक इजलासमा तोक्न थाल्नुभयो, आफूले हेर्न थाल्नुभयो । आफ्नो गुटलाई संरक्षण गर्ने, त्यही खालका मुद्दाहरु उहाँले तोक्ने, बाँकीलाई अपहेलना गर्ने गर्न थाल्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?