+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जातीय विभेदलाई सदाका लागि अन्त्य गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १७:२७
फाइल तस्वीर

९ कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने गरेको जातीय विभेदलाई सदाको लागि अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

कात्तिक ७ र ८ गते काठमाडौंमा भएको दलित अधिकार सुनिश्चितताको लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृह मन्त्रालय पुगेका दलित समुदायका नेता तथा जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै उनले जातीय विभेद अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

आगामी पुस्ताले जातीय विभेदको विषयमा समय खर्च गर्नु नपरोस् भन्ने सबैको मानसिकता रहेको उनको भनाइ छ । ‘जातीय विभेद गर्न पाइँदैन भन्ने हाम्रो संविधानको प्रावधान हो । त्यसलाई पालना गर्न हामी प्रतिवद्ध छौं,’ उनले भने, ‘हाम्रो दिमागमा रहेको यो जातीय विभेदको मानसिकतालाई कसरी सदाको लागि अन्त्य गर्ने, कमसेकम हाम्रै पालामा त्यो सकियो भने धेरै ठूलो उपलब्धि हुन्छ । आउने नयाँ जेनेरेसन, हामीपछिको जेनेरेशनले त्यो कुरा उठाउनै नपरोस् ।’

गृहमन्त्री खाँणले चाडपर्व मनाउने क्रममा दलित समुदायमाथि नेपालको कुनै पनि भूभागमा असमान व्यवहार नहोस् भन्नेमा राज्य प्रणाली संवेदनशील रहेको पनि बताए । यसका लागि सम्बन्धित सुरक्षा निकायलाई परिपत्र गरिएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?