+
+

ब्रोडब्याण्ड इन्टरनेटले मकवानपुरको मनहरी र राक्सिराङमा थाल्यो सेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १८:५५

इन्टरनेट सेवा प्रदायक कम्पनी ब्रोडब्याण्ड सोलुसन्सले मकवानपुरको मनहरी र राक्सिराङ गाउँपालिकामा सेवा सुरु गरेको छ । कम्पनीले मनहरीमा कार्यालय उदघाटन गर्दै मनहरी बजार र आसपासका क्षेत्रसहित राक्सिराङको चैनपुर र सरिखेत क्षेत्रमा फाइबरसहितको इन्टरनेट सेवा विस्तार गरेको हो।

मंगलबार बागमती प्रदेश सभाका सदस्य ओम घलानले रिबन काटेर मनहरीमा कार्यालय उदघाटन गरे। उद्घाटनपछि बोल्दै सांसद घलानले अहिलेको आधुनिक दुनियाँमा इन्टरनेट मानिसको आधारभुत आवश्यकता बनिसकेको बताए । उनले शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत दैनिक जीवनयापनका सन्दर्भमा पनि इन्टरनेटको महत्व उच्च भएकाले गुणस्तरिय र सरल सेवा दिन आग्रह गरे ।

सो क्रममा ब्रोडब्याण्ड सोलुसन्स मनहरीका सञ्चालक दिनेश बिसुन्केले सुपथ मुल्यमा सरल र तीव्र गतिको इन्टरनेट सेवा मनहरी र राक्सिराङ क्षेत्रमा सुरु गरिएको बताए । हालसम्म इन्टरनेटको पहुँचमा नरहेका विकट र दुर्गम ठाँउहरुमा पनि इन्टरनेटको सेवा पुयाईने उनले बताए ।

ब्रोडब्याण्ड सोलुसन्सको मुख्य कार्यालय चितवनको भण्डारामा रहेको छ । लामो समयदेखि इन्टरनेट सेवा दिइरहेको ब्रोडब्याण्डले सेवा बिस्तार गर्ने क्रममा मनहरी तथा राक्सिराङमा फाइबर बिस्तार गरेको हो । सेवा शुभारम्भको अवसरमा ग्राहकहरुलाई बिशेष छुट तथा सहुलियत अफरको सुविधासमेत दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?