+
+
Shares

कर्णालीका मुख्य न्यायाधिवक्ता खनालले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते २१:१३

१० कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले राजीनामा दिएका छन् । खनालले आफ्नो पदबाट दिएको राजीनामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार स्वीकृत गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै खनालले दिएको राजीनामा प्रदेश प्रमुख कलौनीले संविधानको धारा १६० को उपधारा ४ (क) बमोजिम कात्तिक १ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको जनाएको छ ।

चैत ६ गते खनाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संवैधानिक व्यवस्थाअनुसार धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।

उच्च अदालतका न्यायाधीशसरह मर्यादा र सुविधा पाउने मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारका रुपमा रहेर काम गर्छन् । यसअघिका मुख्य न्यायाधिवक्ता विद्याभुषण मानन्धरले कार्यव्यस्तता देखाउँदै गत फागुन १३ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?