+
+

एमाले विराटनगर कमिटीको अध्यक्षमा थापा निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते ८:४६

११ कात्तिक, विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटी अध्यक्षमा सागर थापा चयन भएका छन् । नगर अध्यक्षका दाबेदार पर्शुराम बस्नेतले दाबी छाडेपछि उनी पुन: निर्विरोध निर्वाचित भएका हुन् ।

नगरकमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिव रोहित कोइराला,सह-सचिव नवराज नेपाल र जयप्रकाश महतो पनि निर्विरोध  निर्वाचित भएका छन् ।

मंगलबार विराटनगरमा प्रथम अधिवेशन भएको थियो । आकांक्षीहरू बढी भएपछि बन्दसत्र सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?