+
+

काठमाडौंमा बजार अनुगमन : गुलाब ब्राण्डलाई २ लाख रुपैयाँ जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १३:२६

१२ कात्तिक, काठमाडौं । गुलाब मिठाइ सुन्धारालाई काठमाडौं महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ । शुक्रबार काठमाडौं महानगरपालिकाको उपभोक्ता हित समितिले गरेको अनुगमनमा गुलाबले मिठाइ बनाउन उपभोग्य म्याद सकिएको रङ्ग प्रयोग गरेको भेटिएको हो ।

काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएको रङ्ग, अन्य कम्पनीले उत्पादन गरेका खाद्य बस्तुमा आफ्नो लेवल र आफूले उत्पादन गरेका खाद्य बस्तुमा भारतीय कम्पनीको लेवल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय विक्री गरेको पाइएको निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले बताए । मिठाइ पसलमा उत्पादन मिति उल्लेख नभएका चिउराका बोराहरु पनि फेला परेको भण्डारीले बताए ।

‘गुलाबलाई गत वर्ष कार्तिक ८ गते महानगरले सोही पसलमा अनुगमन गरेर कमजोरी सुधार गर्न निर्देशन दिएको तर यस वर्ष पनि उस्तै पाइयो,’ निरीक्षण अधिकृत भण्डारीले भने । सालिमार हस्पिटालिटी एण्ड फुड प्रा लिका नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्राण्डका मिठाइ उत्पादन तथा बिक्री हुँदै आएको छ । अनुगमन टोलीले नयाँ सडकमा रहेको पसलको पनि अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?