सोसिडाड शीर्ष स्थानमा, अग्रता जोगाउन नसक्दा एट्लेटिको बराबरीमा रोकियो


१२ कात्तिक, काठमाडौं । रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । साविक विजेता एट्लेटिको मड्रिड भने लेभान्टेसँग बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई २-० ले हराएको हो । सोसिडाडको लागि अलेक्जान्डर आइज्याक र अरिट्ज एलुस्टान्डोले दोस्रो हाफमा गोल गरे ।
जितपछि ११ खेलबाट २४ अंक जोड्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको छ ।
यस्तै अर्को खेलमा एट्लेटिकोले दुई पटक अग्रता लिएर पनि कायम राख्न नसक्दा लेभान्टेसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । खेलको १२ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।
तर ३७ औं मिनेटमा लेभान्टेका लागि एनिस बार्धीले पेनाल्टीमा बराबरी गोल फर्काए । ७६ औं मिनेटमा माथिउस कुन्हाले गोल गर्दै पुन: एट्लेटिकोलाई अग्रता दिलाए ।
तर ९० औं मिनेटमा लेभान्टेले अर्को पेनाल्टी पायो र त्यसमा एनिसले नै गोल गर्दै खेल बराबरी गरे । अन्तिम मसमया पेनाल्टीमा गोल बेहोरेपछि एट्लेटिको जितबाट बञ्चित भयो ।
लेभान्टेका रोबरले इन्जुरी टाइममा रातो कार्ड पाएका थिए । यस्तै ८० औं मिनेटमा एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनले दोहोरो पहेंलो कार्ड (रातो कार्ड) पाएका थिए ।
बराबरीपछि एट्लेटिको १० खेलबाट १९ अंक जोडेर छैटौं स्थानमा छ । लेभान्टे ११ खेलबाट ६ अंकसहित १९औं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4